कुँवरवर्तीमा वार्षिक नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अफिसियल गीत लन्च सम्पन्न

कुँवरवर्तीमा वार्षिक नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अफिसियल गीत लन्च सम्पन्न

शिक्षा
Spread the love

११ वैशाख २०७९, आइतवार
कुँवरवर्ती इङ्ग्लिश बोर्डिङ स्कुलको वार्षिक नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार सम्पन्न कार्यक्रममा पुर्व प्राथमिक तहको र शनिवार कक्षा २ देखि कक्षा ७ सम्मको नतिजा प्रकाशन गरिएको हो । कार्यक्रमको अध्यक्षता विद्यालयका प्राचार्य दिपक खनालले गर्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण खनालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विद्यालयका सह प्राचार्य, मा.वि. संयोजक, प्रा वि संयोजक, पुर्व प्राथमिक तह संयोजकको आतिथ्यता रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य पुर्व प्राथमिक तह संयोजक मीना आचार्य खनालले प्रस्तुत गर्नु भएको थियो ।

बार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने, उत्कृष्ट अनुशासित विधार्थी, बेस्ट न्यु कमर, स्टुडेण्ट अफ द इयर, सरसफाइमा उत्कृष्ट विद्यार्थी, उदयमान भलिबल, उदयमान क्रिकेट, उदयमान कराते, अतिरिक्त क्रियाकलापमा सबैभन्दा धेरै भाग लिने, १००% हाजिरी लगायत विद्यालयका करिब ४५० जना विधार्थीहरुलाई विभिन्न बिधागत पुरस्कारहरु प्रदान गरिएको थियो । यस्तै कार्यक्रममा विद्यालयको अफ़िसियल गीत लन्च समेत गरिएको थियो ।

कार्यक्रममा स्वागत सहितको शुभकामना मन्तव्य राख्दै प्राचार्य खनालले पछिल्लो समय विद्यालयले हरेक क्षेत्रमा उत्कृष्ट नतिजा ल्याएर मुहार फेर्दै गएको, बिधार्थिहरु हरेक क्षेत्रमा अब्बल हुदै गएको र उक्त कार्यमा आफु र सिंगो बिद्यालय परिवार लागि परेको बताउनुभयो । साथै बिद्यालयको भर्ना कार्यक्रम सुरु भएको र यहि बैशाख १४ गतेदेखि नयाँ शैक्षिक सत्रको कक्षाहरु सुचारु हुने जानकारी दिनु भयो । कार्यक्रमको सन्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख युवराज रिमालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *