आज नेपालमा १३ सय ५१ जनामा कोरोना संक्रमण थप

आज नेपालमा १३ सय ५१ जनामा कोरोना संक्रमण थप

समाचार
Spread the love

आज नेपालमा १३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार ८० पीसीआर परीक्षण भएकोमा ४ सय ३६ महिला र ९ सय १५ जना पुरुषमा संक्रमण देखिएको हो । देशभरी सक्रिय संक्रमित १९ हजार ६ सय २४ जना रहेका छन । कोरोना भाइरस (कोभिड—१९) बाट नेपालमा आज थप २ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ ।

देशभरीका संस्थागत आइसोलेसनमा आजसम्म प्रदेश नम्बर १ मा १ सय ९०, प्रदेश नम्बर २ मा ९ सय २६, बागमती प्रदेशमा ५ हजार ७ सय २ र गण्डकी प्रदेशमा ४ सय १९ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ५ सय ७२, कर्णाली प्रदेशमा ३ सय ६२ र सुदूरपश्चिम प्रदेशमा ५ सय २४ गरी देशभरी ८ हजार ६ सय ९५ जना रहेका छन् ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ४ सय ३४, प्रदेश नम्बर २ मा ७ सय २५, बागमती प्रदेशमा ६ हजार ३ सय ४९ र गण्डकी प्रदेशमा ४ सय ८९ जना रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा १ हजार ५ सय ४१, कर्णाली प्रदेशमा २ सय ४२ र १ सय ४९ गरी देशभरी १० हजार ९ सय २९ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । आइसियुमा २ सय २५ र भेन्टिलेटरमा ३१ जना संक्रमित उपचाररत रहेका छन् ।

आज ७ सय ४२ जना संक्रमित निको भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ५ हजार २६, प्रदेश नम्बर २ मा १३ हजार १ सय ७६, बागमती प्रदेशमा १५ हजार २ सय १५ र गण्डकी प्रदेशमा ३ हजार २ सय ८५ जना डिस्चार्ज भएका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ८ हजार ४ सय ६७, कर्णाली प्रदेशमा २ हजार ८ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ६ सय १६ गरी देशभरी ५४ हजार ६ सय ४० जना संक्रमित डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *