Spread the love
यो वर्ष आइफोन १२ मा इयरपड र चार्जर नआउने हल्ला छ।
एप्पलले केही समयअघि एप्पल वाच बक्सबाट पावर एडप्टर अर्थात् चार्जरको टाउको हट्ने बताएको थियो। यसअनुसार आइफोन १२ मा चार्जर र इयरपोड नआउने अनुमान गरिएको हो।
बुधबार एप्पलले आइओएस १४.२ को दोस्रो बेटा निकालेसँगै बजारमा यस्ता हल्ला फैलिएको हो ।
एप्पल उत्पादनबारे समाचार लेख्ने अमेरिकी अखबार ‘९टु१० म्याक’को अनुसार आइओएस १४.२ को नयाँ संस्करणमा एयरफोन सुविधाबारे उल्लेख छैन। जसअनुसार आइफोन १२ इयरपोड सहित नआउने हिन्दुस्तान टाइम्सले लेखेकाे छ।
यसअघि पनि एप्पलका विश्लेषक मिङ–ची कुओले आइफोन १२ मा इयरपोड नुहने जानकारी गराएका थिए। साथै एप्पलले आइफोन १२ सहित अन्य मोडलबाट पावर एडप्टर हटाएर युएसबी केबल मात्र राख्ने बताएको थियो ।