अमेरिकी राष्ट्रपति चुनावको पहिलो टेलिभिजन बहस आज हुँदै

अमेरिकी राष्ट्रपति चुनावको पहिलो टेलिभिजन बहस आज हुँदै

अन्तर्राष्ट्रिय
Spread the love

अमेरिकामा आउँदो नोभेम्बर तीनमा हुने राष्ट्रपति चुनावको पहिलो टेलिभिजन बहस आज हुँदैछ । राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक उम्मेदवार पूर्व उपराष्ट्रपति जो बाइडेन पहिलो पटक आमनेसामने हुन लागेका हुन् ।
बहस कार्यक्रम फक्स न्यूजका प्रस्तोता क्रिस वालसले सञ्चालन गर्नेछन् । उनले सन् २०१६ मा ट्रम्प र हिलारी क्लिन्टनबीचको बहस सञ्चालनबाट चर्चा बटुलेका थिए ।
९० मिनेटको बहसमा विभिन्न विषयमा १५ मिनेटको समय सीमामा उम्मेदवारले आफ्नो पक्षमा धारणा राख्नेछन् । दशौं लाख अमेरिकीले यो बहस हेर्ने अनुमान गरिएको छ ।
बहसमा कोरोना भाइरसको महामारी, अर्थतन्त्र, अस्वेतमाथिको ब्यवहार सहितका विषय केन्द्रमा रहनेछन् । स्टुडियोमा भने सामाजिक दुरी राखेर सीमित मानिसलाई मात्रै सहभागी गराइँदैछ ।
राष्ट्रपति ट्रम्पले आयकर छली गरेको रिपोर्ट प्रकाशित गरेपछि हुन लागेको यो डिबेटलाई महत्वपूर्ण रुपमा हेरिएको छ । बहस सुरु हुनु भन्दा केही घण्टाअघि जो बाइडेन र उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिसले आफ्नो कर सम्बन्धी विवरण सार्वजनिक गरेका छन् ।
निर्वाचनको मत सर्वेक्षणहरुमा बाइडेन अघि देखिएका छन् । ट्रम्पले बाइडेनमाथि कार्यक्रममा पनि व्यक्तिगत आक्रमण गर्न सक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *